हुलाक सेवालाई ‘सरकारी कुरियर सेवा’ बनाउने सरकारको योजना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने सरकारको योजना कार्यान्वयन भइरहेको बताएका छन्।
१५२औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आयोजना गरेको फिलाटेलिक प्रदर्शनी कार्यक्रममा बोल्दै उनले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आमनागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए।
देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।