सुनको अवैध कारोबारको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालमा सुनको अवैध ओसारपसार तथा कारोबार गरेको आरोपमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीले पक्राउ पर्नेमा २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङकिन र ३७ वर्षीय वाङ जियानझेन रहेको जनाएको छ। उनीहरूलाई विशेष सूचनाका आधारमा सञ्चालन गरिएको ‘अपरेशन ब्राभो गोल्फ’ अन्तर्गत बिहीबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट अवैध सुन, नगद, सुन ओसारपसारमा प्रयोग गरिएको गाडी, सुन प्रशोधन गर्ने मेसिन तथा उपकरण र विभिन्न कागजात बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।