राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन्। मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
अध्यादेश जारी भएसँगै विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने प्रक्रिया अघि बढेको छ।