बंगालको खाडीको ‘डीप डिप्रेसन’ पश्चिमतर्फ सर्दै
बंगालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो ६ घण्टामा प्रतिघण्टा १२ किलोमिटरको गतिमा पश्चिमतर्फ सरेको छ।
भारतीय मौसम विभागका अनुसार बुधबार बिहान उक्त प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा रहेको थियो। यो बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने सम्भावना छ।
प्रणालीको प्रभावका कारण भारतका विभिन्न क्षेत्रमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। बिहारका ३८ वटै जिल्लामा ‘यलो अलर्ट’ जारी गरिएको भारतीय मौसम विभागले जनाएको छ।