ट्रम्पद्वारा आयोजित विशेष रात्रिभोजमा सहभागी भए परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजित विशेष रात्रिभोजमा सहभागी भएका छन्।
न्युयोर्कमा जारी महासभाको उच्चस्तरीय सप्ताहका क्रममा राष्ट्रपति ट्रम्पले आयोजना गरेको रात्रिभोजमा विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा मन्त्री खनालले नेपालको प्रतिनिधित्व गरेका हुन्।
महासभाको ‘साइडलाइन’मा मन्त्री खनालले विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता पनि जारी राखेका छन्।
भेटवार्ताका क्रममा उनले नेपालमा हालै आएको बाढीपहिरोबाट भएको क्षति, जलवायु न्याय, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगलगायतका विषयमा छलफल गरिरहेका छन्।