नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र जयशंकरबीच छलफल
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको कठिन परिस्थितिमा भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको उद्धार र राहत सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो।
भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष, द्विपक्षीय हित तथा विभिन्न सम्झौताको प्रगतिबारे छलफल भएको थियो। दुवै मन्त्रीले लामो समयदेखि कायम रहेको घनिष्ठ, बहुआयामिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै विकास सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिएका छन्।