पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण
दाङको राप्ती नदीमा हालसम्म ४८ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमहीका अनुसार तटबन्ध निर्माणबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको छ ।
दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सीमासम्म फैलिएको १५७.६ किलोमिटर लामो पश्चिम राप्ती नदीमा तटबन्ध निर्माण गरिएको हो ।
आयोजनाका अनुसार गत आर्थिक वर्षमा मात्रै ५.६१ किलोमिटर तटबन्ध निर्माण हुँदा १६८ हेक्टर जमिन संरक्षण भएको छ । नदी कटान तथा बाढीबाट खेतीयोग्य जमिन र बस्ती जोगाउन थप तटबन्ध निर्माण कार्यसमेत अघि बढाइएको छ ।
हाल दाङ र बाँके क्षेत्रमा एक अर्ब २२ करोड रुपैयाँभन्दा बढीका तटबन्ध निर्माणसम्बन्धी ठेक्का सम्पन्न भइसकेका छन् ।