मेटाद्वारा फेसबुक र इन्स्टाग्रामका ३७ लाखभन्दा बढी ठगीसम्बन्धी अकाउन्टमा कारबाही
सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष फेसबुक र इन्स्टाग्राममा ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ।
मेटाका अनुसार जनवरीदेखि जुनसम्म १ लाख १३ हजारभन्दा बढी अकाउन्ट तथा पेज हटाइएको थियो भने जुलाईमा मात्रै ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको थियो।
मेटाले सिंगापुर प्रहरीसँगको सहकार्यबाट ठगीमा संलग्न नेटवर्क पहिचान गरी ठूलो स्तरमा कारबाही गर्न सहयोग पुगेको जनाएको छ। कम्पनीका अनुसार ठगीका समूहले एआईको प्रयोग गरी नक्कली प्रोफाइल, तस्बिर तथा अन्य सामग्रीसमेत तयार गर्ने गरेका छन्।