पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान आजदेखि सुरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे यात्रुसहित दुबई प्रस्थान गर्नेछ।
अन्तर्राष्ट्रिय उडानका लागि अध्यागमन, भन्सार, कार्गोलगायत सम्पूर्ण तयारी पूरा भएको विमानस्थलले जनाएको छ। फ्लाई दुबईको नियमित उडान सुरु हुने भएपछि पोखराका पर्यटन व्यवसायी तथा उद्योगी उत्साहित भएका छन्।
फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडानले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।