नागरिक लगानी कोषको लगानी पारदर्शी र प्रतिफलमुखी बनाइने : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई सुरक्षित, पारदर्शी र प्रतिफलमुखी बनाइने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले जनताको रकमबाट सञ्चालित सार्वजनिक कोषलाई जोखिम व्यवस्थापनसहित प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए।
सांसदहरूले कोषलाई समयानुकूल विकास गर्दै सुरक्षित र प्रतिफलयुक्त क्षेत्रमा लगानी बढाउन सुझाव दिएका थिए। हाल कोषले करिब ३ खर्ब ३७ अर्ब रुपैयाँ बचत व्यवस्थापन गरिरहेको छ।