मण्डनदेउपुरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने
बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पताल र मण्डनदेउपुर नगरपालिकाबीच स्थानीय नागरिकको आँखा परीक्षण तथा मोतियाबिन्दु पहिचान र उपचारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार नगरका विभिन्न क्षेत्रमा शिविर सञ्चालन गरी मोतियाबिन्दुसहित आँखासम्बन्धी समस्या पहिचान गरिनेछ। पहिचान भएका बिरामीलाई आवश्यक उपचारको व्यवस्था मिलाइने अस्पतालका महासचिव हिरामणि शर्माले बताए।
सम्झौतामा नगरप्रमुख टोकबहादुर वाइबा र महासचिव शर्माले हस्ताक्षर गरेका छन्।