नेपालको विपद्ले जलवायु संकटको जोखिम पुष्टि गर्यो : गुटेरेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा देखिएका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको बताएका छन्।
राष्ट्रसङ्घको ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने क्रम बढिरहेको र हिमाली मुलुकहरू बढी प्रभावित भइरहेको बताए।
गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा दिएको ‘विश्वको छाना भत्किँदै गएको’ चेतावनी पछिल्ला विपद्का घटनाले वास्तविकतामा परिणत भएको उल्लेख गरे।
उनले जलवायु परिवर्तनबाट प्रभावित मुलुकलाई न्याय र वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने भन्दै विकसित मुलुकलाई जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न आग्रह गरे।