आज देशभर नेपाल संवत् ११४७ मनाइँदै
नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत्को अवसरमा आज म्हः पूजा पनि गरिँदै छ।
नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले सांस्कृतिक कार्यक्रम, र्याली तथा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन्।
यसै अवसरमा काठमाडौंको वसन्तपुरबाट विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा र नाचगानसहित र्याली निकालिएको छ। र्यालीमा नेवार समुदायका विभिन्न संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ।
नेपाल संवत् नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।