अर्जुन दोङ मृत्यु प्रकरणमा न्याय माग्दै माइतीघरमा प्रदर्शन
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माइतीघरमा प्रदर्शन गरेको छ।
बुधबार प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
दोङले सोमबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।