मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १० जना बेपत्ता आशंका
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ। हिमाल आरोहणका लागि गएका ९ पर्वतारोही र १३ सहयोगीसहित २२ जनामध्ये करिब १० जना बेपत्ता भएको आशंका गरिएको छ।
उद्धारका लागि काठमाडौंँबाट हेलिकप्टर पठाइएको छ। घटनामा भएको क्षतिको यकिन विवरण भने प्राप्त भइनसकेको जनाइएको छ।