सडक भासिँदा पहलमान सिंहस्वाँर मार्ग अवरुद्ध
अविरल वर्षाका कारण पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ। चौरपाटी गाउँपालिका–६ दुनीमा आज बिहान सडक भासिएपछि यातायात सञ्चालनमा समस्या आएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमका अनुसार भासिएको सडक मर्मतसम्भार गरी यथाशीघ्र यातायात सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको छ।
लगातारको वर्षाका कारण सडक थप क्षतिग्रस्त हुन सक्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।