पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध
सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ।
पहिरोका कारण काठमाडौं हुँदै जाने र आउने दुवैतर्फको सडक अवरुद्ध भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए।
बुधबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो। देशभर लगातारको वर्षाका कारण जनजीवनसमेत प्रभावित बनेको छ।