बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ की ३९ वर्षीया श्यामकुमारी विक र उनका तीन छोरा १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसान विक रहेका छन्।
पहिरोमा पुरिएका उनीहरूको शव केहीबेरअघि निकालिएको प्रहरीले जनाएको छ।