सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो
नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ७०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदी आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ।
१० ग्राम चाँदीको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा निर्धारण भएको महासंघले जनाएको छ।