शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ। यस्तै, युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ तथा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा तोकिएको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलरको १०७ रुपैयाँ ५५ पैसा र १०८ रुपैयाँ ९७ पैसा तथा क्यानेडियन डलरको १०८ रुपैयाँ १८ पैसा र १०८ रुपैयाँ ६० पैसा कायम गरिएको छ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७९ पैसा र २२ रुपैयाँ ८८ पैसा तथा साउदी रियाल एकको ४० रुपैयाँ ७५ पैसा र ४० रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।