कालीगण्डकीको बाढीले पर्वतमा २० भन्दा बढी घर बगायो
अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से क्षेत्रमा २० भन्दा बढी घर बगाएको छ।
वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीले अहिलेसम्म २० देखि २५ वटासम्म घर बगाइसकेको छ भने बाढीको बहाव बढ्दो क्रममा रहेको छ। उनका अनुसार बाढीले थप ठूलो क्षति पुर्याउन सक्ने जोखिम छ।
बाढीले घरसँगै स्थानीय विद्यालय, कृषि फर्म तथा गोठहरूमा समेत क्षति पुर्याएको छ। बाढी बस्तीमा पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष जिसीले बताए।
ठूलो मात्रामा भौतिक तथा धनमालको क्षति भए पनि हालसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिए।