मनाङमा पहिरोले विद्युत् र सञ्चार सेवा प्रभावित
मनाङमा पहिरोका कारण विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जिल्लाका विभिन्न स्थानमा पहिरो गएपछि विद्युत् लाइनमा क्षति पुगेको हो। विद्युत् सेवा सुचारु गर्न प्राधिकरणका प्राविधिक टोली फिल्डमा खटिएका छन्।
पहिरोका कारण मनाङका कतिपय स्थानमा सञ्चार सेवासमेत अवरुद्ध भएको जनाइएको छ।