कालीगण्डकीको बाढीले पर्वतमा ८० घर बगायो
कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन्।
शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ। बाढीबाट मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन।
थप घरसमेत जोखिममा रहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दा तथा घरभित्रका सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तथा विद्युत् र फोन सम्पर्कमा समेत समस्या रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।