सुनको मूल्य तोलामै ३ लाख नाघ्यो, चाँदी पनि महँगियो
काठमाडौं — नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। आइतबारको कारोबारमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेपछि प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ६५ रुपैयाँले महँगिएर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।