ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा
तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आइतबार प्रहरी वृत्त तथा प्रभागबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।