गुल्मीमा भिरमा अपरिचित पुरुषको शव फेला
गुल्मीको गुल्मीदरबार गाउँपालिका–३ पौवाखर्कमा एक अपरिचित पुरुष मृत अवस्थामा फेला परेका छन्।
अन्दाजी ४० देखि ४५ वर्ष उमेरका देखिने पुरुषको शव ठूलाचौरबाट पौवाखर्कतर्फ जाने भित्री कच्ची सडकबाट करिब ८०० मिटर तल घग्र्याङ् भिरमा फेला परेको हो।
स्थानीयवासी बिहान घाँस काट्न जाने क्रममा भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
मृतकको दुवै हातमा ‘सन्दीप’ नामको ट्याटु खोपिएको भए पनि हालसम्म उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी विरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।