नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा ७९ अंकको उछाल, परिसूचक २६७७ बिन्दुमा
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९.७४ अंकले बढेको छ।
शुक्रबार ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से २६७७.५४ बिन्दुमा पुगेको हो। नेप्सेमा भएको वृद्धिसँगै कुल बजार पुँजीकरण पनि ३.०६ प्रतिशतले बढेको छ।
आज कारोबार भएका २७४ कम्पनीमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
उच्च अंकको वृद्धि भए पनि म्युचुअल फन्ड उपसमूह भने ०.०६ अंकले ओरालो लागेको छ। बाँकी अधिकांश उपसमूहमा सकारात्मक प्रभाव देखिएको छ।