रवि लामिछानेलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बुढानीलकण्ठ पुगे
गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका छन्। दुई नेताबीच भेटवार्ता जारी रहेको बताइएको छ।
गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ। पछिल्लो समय पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउलगायत विषयमा लामिछाने असन्तुष्ट रहेको बताइँदै आएको छ।
सोही विषयमा छलफल गर्न तथा पछिल्लो राजनीतिक गतिविधिबारे कुराकानी गर्न लामिछानेले गृहमन्त्री गुरुङलाई भेट्न बोलाएको बताइएको छ। रास्वपाका नेताहरूले पनि गृहमन्त्रीसँग छलफल गर्न लामिछानेलाई आग्रह गरेको जानकारी प्राप्त भएको छ।