हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सब–स्टेसनको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले निर्माणाधीन प्रसारण लाइनका दुई वटा ‘मल्टिसर्किट टावर’को अवस्थाबारे जानकारी लिएका छन्।
देशको ऊर्जा मेरुदण्डका रूपमा रहेको प्रसारण लाइनको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन्। यो प्रसारण लाइन निर्माण १२ वर्षअघि सुरु भए पनि विभिन्न कारणले काम अवरुद्ध हुँदै आएको थियो।