एमाले संसदीय दलको बैठक आज बस्दै
नेकपा (एमाले) संसदीय दलको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
संसद् अधिवेशन सुरु हुनुअघि र अन्त्यपछि संसदीय दलको बैठक गर्दै आएको एमालेले यसपटक पनि संसद्का पछिल्ला गतिविधि र सांसदहरूको भूमिकाबारे छलफल गर्नेछ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद तथा नेताहरूले आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे निर्देशन दिने तयारी रहेको बताइएको छ।