कांग्रेसको १५औँ महाधिवेशनमा सीके राउत सहभागी नहुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सहभागी नहुने भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ। राउत आफ्नै पार्टीको दोस्रो महाधिवेशनका लागि वीरगन्जमा रहेकाले कांग्रेसको महाधिवेशनमा सहभागी हुन नसक्ने बताएका छन्।
उनले कांग्रेस सभापति गगन थापालगायतलाई महाधिवेशनको शुभकामना दिँदै कांग्रेसले नेपाली राजनीतिमा महत्वपूर्ण सन्देश दिन लागेको बताएका छन्।
जनमत पार्टीको दोस्रो महाधिवेशनबाट राउत पुनः अध्यक्षमा दोहोरिएका छन्।