देवदहमा पेस्तोलबाट गोली चलाएको आरोपमा तीन जना पक्राउ
रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको आरोपमा प्रहरीले एक घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज १७ गते दिउँसो देवदह नगरपालिका–५ का ४२ वर्षीय दीपक खरेल (दुर्गाप्रसाद) ले चलाएको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको थियो। गोली लागेर बुटवल–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। उनको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ।
घटनापछि प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले दीपक खरेलसहित ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेललाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।