नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको मूल्य ३ हजार १०० रुपैयाँले घट्यो
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो।
बिहीबार प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ८२ हजार १०० रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ३२५ रुपैयाँ रहेको चाँदी शुक्रबार १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।