सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो
स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २९ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको जनाइएको छ।