राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था र पछिल्लो घटनाक्रमबारे छलफल गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटमा लामिछानेले सुनसरी घटनाका विषयमा आफूले आह्वान गरेको सर्वदलीय बैठकबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।