नेपाली बजारमा सुनको मूल्य चार हजार ३०० रुपैयाँले घट्यो
नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला चार हजार ३०० रुपैयाँले घटेर दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ४४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३५ रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य तीन हजार ६९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।