कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाही आज शपथ लिँदै
मंगलबार नियुक्त भएका कर्णालीका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीको शपथ ग्रहण कार्यक्रम आज दिउँसो राखिएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम राखिएको हो ।
नेकपा एमालेको समर्थनमा शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहीले आज सकेसम्म सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताइएको छ । दुई दलबिच मन्त्रालय भागबन्डाका लागि छलफल गर्नुपर्ने अवस्था आएकाले अजा मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना कम रहेको नेकपाले जनाएको छ ।