पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। मंगलबार बेलुका अचानक चक्कर आउने र वान्ता हुने समस्या देखिएपछि उनलाई धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको हो।
उनकी छोरी मानुषी यामी भट्टराईका अनुसार चिकित्सकहरूले डा. भट्टराईमा ‘बेनिन प्याराक्सिजमल पोजिसनल भर्टिगो’ (बीपीपीभी) को लक्षण देखिएको पुष्टि गरेका छन्। यो कानको भित्री भागमा हुने समस्याका कारण टाउकोको अवस्था परिवर्तन हुँदा चक्कर आउने स्वास्थ्य अवस्था हो।
परिवारका अनुसार डा. भट्टराईका अन्य स्वास्थ्य परीक्षण सामान्य रहेका छन् भने उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ।