गोपालमान श्रेष्ठको पार्थिव शरीरमा नेताहरूको श्रद्धाञ्जली
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सानेपा पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
रास्वपा सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।
क्यान्सरबाट पीडित ७९ वर्षीय श्रेष्ठको मंगलबार निधन भएको थियो। नेपाली राजनीतिमा लामो समय योगदान दिएका श्रेष्ठको निधनप्रति विभिन्न दलका नेताहरूले दुःख व्यक्त गरेका छन्।