रास्वपा कार्यालय घेराउ, वन कर्मचारीले कारबाहीको माग गरे
महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वन कार्यालयका कर्मचारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
कार्यालयका सात जना कर्मचारीलाई बन्धक बनाउने तथा सवारीसाधनमा आगजनी गर्ने समूहलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले प्रदर्शन गरेका हुन्।
चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा बुधबार रास्वपा कार्यालय अगाडि भएको प्रदर्शनमा सहभागीहरूले नाराबाजीसमेत गरेका थिए।