नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो
काठमाडौँ, १९ चैत — बिहीबार सेयर बजारमा झिनो सुधार देखिएको छ। NEPSE परिसूचक अघिल्लो दिनको ७४.७३ अंकको गिरावटपछि आज ५.८२ अंकले बढेर २७८२ अंकमा पुगेको हो।
बजार खुलेपछि केही उतारचढाव देखिए पनि दिउँसो १:०७ बजे परिसूचक २८०८ अंकसम्म पुगेको थियो, जुन दिनभरकै उच्च बिन्दु रह्यो।
कारोबार रकम भने घटेको छ। अघिल्लो दिन १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भयो। कुल ९८ कम्पनीको मूल्य बढ्दा १५८ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकतर्फ व्यापार क्षेत्र सबैभन्दा धेरै २.५३ प्रतिशतले बढ्यो। त्यस्तै उत्पादन तथा प्रशोधन १.७६ प्रतिशत, लगानी ०.१५, हाइड्रोपावर ०.०५, होटल तथा पर्यटन ०.३९ र विकास बैंक ०.४८ प्रतिशतले उकालो लागे। बैंकिङ ०.११, फाइनान्स ०.८७, जीवन बीमा ०.१९, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.०२ प्रतिशतले घटे।
आज ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। तीमध्ये रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
यसैगरी सप्तकोशी विकास बैंक को मूल्य ७.४२ प्रतिशत र श्रीनगर एग्रिटेक को ५.७३ प्रतिशतले बढेको छ। गिरावटतर्फ भूगोल इनर्जी को मूल्य सबैभन्दा धेरै ३.०६ प्रतिशतले घट्दा क्रेस्ट माइक्रोफाइनान्स २.६५ र अभियान लघुवित्त २.६२ प्रतिशतले घटेका छन्।
आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा एसवाई प्यानल, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र अपी पावर रहेका छन्।