सुनचाँदीको मूल्य फेरि उकालो, सुन तोलामा ७,४०० रुपैयाँले बढ्यो
काठमाडौं — नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ हजार ४०० रुपैयाँले वृद्धि भई २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुन प्रतिऔँस ४ हजार ७०५ अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।