प्रि–ओपन सेसनमा नेप्से सामान्य वृद्धि, २८५१ बिन्दुमा पुग्यो
बुधबार प्रि–ओपन सेसनमा नेप्से झिनो अंकले बढेको छ। परिसूचक ०.५४ अंकले उकालो लाग्दै २८५१.६४ मा पुगेको हो भने सेन्सेटिभ इण्डेक्स ०.६२ अंकले वृद्धि भएको छ।
यस अवधिमा ७२ कम्पनीका १३,८१२ कित्ता शेयर कारोबार हुँदा करिब ८८.८३ लाख रुपैयाँको कारोबार भएको छ। २६ कम्पनीको मूल्य बढ्दा २७ को घटेको र १९ कम्पनी स्थिर रहेका छन्।