नेप्से परिसूचक १३.५१ अंकले बढ्यो, शेयर बजारमा दोहोरो अंक सुधार
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको छ।
आज ३४० कम्पनीका करिब ३ करोड ४८ लाख शेयर १ लाख ६३ हजार पटक खरिद–बिक्री हुँदा १२ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन–प्रशोधन र म्युचुअल फन्ड समूहको शेयर मूल्य बढेको छ भने वित्त, होटल–पर्यटन, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, व्यापार र अन्य समूह घटेका छन्।
आज रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ। एनआईसी एसिया ग्रोथ फन्ड–२ सबैभन्दा धेरै ४.७४ प्रतिशतले घटेको छ।
कारोबार रकममा रिदी पावर कम्पनी ५६ करोड ३७ लाख रुपैयाँसहित शीर्षमा रहेको छ भने कारोबार भएका शेयर सङ्ख्यामा शिवश्री हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ।