नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो, चाँदी भने महँगियो
काठमाडौं — नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ। आज पनि सुनको भाउ उल्लेख्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
यता, चाँदीको मूल्य भने आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको थियो।
सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्यमा वृद्धि देखिएकोले बजारमा मिश्रित प्रवृत्ति देखिएको छ।