नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्य घट्यो
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको छ।
यस्तै चाँदीको मूल्य घटेर प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको छ भने १० ग्राम चाँदी ४ हजार ७२८ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो।