नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजार अनुसार आज एक औँस सुन ५ हजार २३ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।