नेपाली बजारमा सुन सस्तियो, चाँदी महँगियो
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा ४ हजार ८६० रुपैयाँ कायम थियो।