सुर्खेतमा ट्राफिक कारबाहीबाट ९.३९ लाख राजस्व सङ्कलन
सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम उल्लङ्घन गर्ने चालकहरूबाट ९ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका हुन्।
यस अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएका छन्।