नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।